२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हितमान शाक्यले भने-‘पार्टी फुटाउने होइन, सुधार गर्ने समय हो’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा नेता हितमान शाक्यले पार्टीको पछिल्लो विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

शाक्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मौखिक प्रतिवेदन भए पनि त्यसमा आधारित लिखित सन्दर्भ, टिप्पणी र समग्र विश्लेषणको खाका रहेको उल्लेख गर्दै पार्टीभित्र गम्भीर समीक्षा प्रक्रिया चलिरहेको बताए । उनले भने, ‘गल्ती स्वीकार्ने नेताको नाम ‘प्रचण्ड’ नै हो ।’

शाक्यले पार्टीको कमजोरी जनताको माझमा खुलेर स्वीकार गर्ने नेतृत्व ‘प्रचण्ड’ भएको भन्दै अहिलेको बेला पार्टी कमजोर बनाउँदै बाहिरिने या विकल्प खोज्ने कार्य अनुचित हुने बताए ।

उनका अनुसार, ‘यो बेलामा गल्ती सुधार्ने हो, आत्मालोचना गरेर अघि बढ्ने हो, भाग्ने होइन । उत्तराधिकारी खोज्ने हतारो होइन ।’

उनले नेतृत्वको उत्तराधिकारी खोज्न हतार नगरिने धारणा राख्दै भने,  ‘उत्तराधिकारी खोजेर बनाइने कुरा होइन, यो समय सामूहिक नेतृत्व अभ्यास गर्ने समय हो । संस्थागत प्रक्रिया र प्रशिक्षणमार्फत नेतृत्व उत्पादन गर्नुपर्छ । ’

शाक्यले आफूले विगतमा पार्टीबाट छुट्टिएर गल्ती गरेको स्वीकार गर्दै भने,  ‘मैले पार्टी फुटाउनु गल्ती हो भनेर फर्किएको हुँ । अहिले सबैले मिलेर पार्टी पुनर्गठनमा भूमिका खेल्नुपर्छ ।”

खुला वातावरणमा बहस र सामूहिक निर्णय प्रक्रियाको वकालत गर्दै उनले भने,  ‘लोकतान्त्रिक केन्द्रवाद भनेको यही हो-सबैले आफ्नो धारणा राख्ने, बहस गर्ने, अन्तिम निर्णयमा एकमत हुने ।”

शाक्यले नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै पुराना कमजोरीहरूप्रति आलोचना सहने नैतिक आधार पनि विकास गर्नुपर्ने बताए । “भूकम्प बेला हाम्रो सरकारले काम गरेन भनेर अहिलेकै सरकारको गुणगान गर्नु सही होइन,” उनले चेतावनी दिए ।