काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना शाखा अधिकृतको सरुवा गरेको छ।
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीका शाखा अधिकृतहरूको सरुवा सोमबार गरिएको हो।
बढुवा भएर अतिरिक्त समूहमा पदस्थापन भएका उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा खटाएको छ।







