२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रको सर्कुलरविपरीत स्वतन्त्र विद्यार्थी युनियनको भेला, निर्णय पुनर्विचार गर्न माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकी प्रदेशमा केन्द्रको सर्कुलरविपरित भेला गरिएको छ । 

केन्द्रले विधि विधानभन्दा बाहिर गएर संयोजक तोकेको भन्दै सुरज सापकोटाको अध्यक्षतामा आइतबार बागलुङमा भेला भएको हो ।

अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रवीण श्रेष्ठले साउन ४ गते दुई उपाध्यक्षलाई बाइपास गर्दै सचिव सुरजलाई संयोजकको जिम्मेवारी प्रदान गरेका थिए । जसबाट उपाध्यक्षद्वय सुसन घिमिरे र विश्वदर्शन पराजुली असन्तुष्ट बने ।

त्यसपछि केन्द्रले साउन १६ गते सुरजलाई संयोजक बनाउने प्रदेश अध्यक्षको निर्णय बदर गर्दै उपाध्यक्ष सुसन घिमिरेलाई संयोजक बनाएर सर्कुलर पठायो ।

जसमा अर्का उपाध्यक्ष विश्वदर्शन र सचिव सुरजलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको थियो । सोही सर्कुलरलाई असन्तुष्ट जनाउँदै सुरज पक्षधरले आज भेला गरेका हुन् ।

भेलामा ८ जिल्ला अध्यक्ष र ७ केन्द्रीय सदस्यको सहमति रहेको सुरजको दाबी छ । उक्त भेलाले केन्द्रको निर्णय पुनर्विचार गर्न मागसहित पत्र पठाउने निर्णय गरेको उनको भनाइ छ ।

कास्की, तनहुँ र नवलपुरका जिल्ला अध्यक्षहरूले भने केन्द्रको निर्णयमा सहमति जनाएको सुरजले बताए । केन्द्रले प्रदेश संयोजक र सहसंयोजकसँगै बागलुङ, पर्वत, तनहुँ र नवलपुरका संयोजकसमेत तोकेको थियो ।

प्रदेश संयोजक सुसन घिमिरेले उक्त भेला आधिकारिक नभएको प्रतिक्रिया दिए । उनले केन्द्रले पठाएको सर्कुलर आधिकारिक हुने भन्दै त्यसबाहेकको कुनै पनि भेला आधिकारिक नहुने टिप्पणी गरे ।

प्रदेश अध्यक्षले दुई उपाध्यक्ष हुँदाहुँदै सचिवलाई संयोजक तोक्ने निर्णय केन्द्रले सच्याएको घिमिरेको भनाइ छ । उक्त भेला संगठनभन्दा बाहिर रहेकाहरूको जोडबलमा भएको उनको दाबी छ ।