काठमाडौँ। स्थानीय सरकारी सेवाको रिक्त पाँचौँ तहमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवाका लागि १६८ उम्मेदवार सिफारिस गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशअन्तर्गतको बढुवा समितिको साउन २५ गतेको निर्णयअनुसार सिफारिस गरिएको हो ।
बढुवा समितिले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ३९ बमोजिम योग्यता क्रमका उम्मेदवारलाई तोकिएको सेवा, समूह र उपसमूहका रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो ।










