२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारुलाई सरकारी कामकाजको भाषा नबनाएकोमा कल्याणकारिणी सभाले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले थारु भाषालाई सरकारी कामकाजको भाषा नबनाएकोमा थारु कल्याणकारिणी सभाले आपत्ति जनाएको छ ।

कोशी प्रदेशको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ मा थारु भाषालाई नसमेटिएको भन्दै थारु कल्याणकारिणी सभाले आपत्ति जनाएको हो ।

प्रदेश मन्त्रिपरिषद्को साउन १५ गतेको निर्णयअनुसार तयार पारिएको विधेयकमा नेपाली भाषाको अतिरिक्त मैथिली र लिम्बू भाषालाई मात्र सरकारी कामकाजको भाषाका रूपमा व्यवस्था गरिएको छ । विधेयक कार्तिक २५ गतेदेखि लागू हुने गरी प्रदेश सभामा पेश गरिएको हो । तर, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा ठूलो संख्यामा बसोबास गर्ने थारु समुदायको भाषा त्यसमा नसमेटिएकोमा सभाको असन्तुष्टि छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरी र महामन्त्री मीनराज चौधरीले संविधानको व्यवस्था विपरीत थारुलाई विभेद गरिएको भन्दै आपत्ति जनाएका छन् ।

थरुहट तराईका बहुसङ्ख्यक थारु समुदायको भाषा विधेयकमा समावेश गर्न प्रदेश सरकारसँग माग गर्दै उनीहरूले चेतावनी दिएका छन्, ‘हाम्रो माग बेवास्ता गरिए प्रदेश सरकारले कडा मूल्य चुकाउनु पर्नेछ ।’

थारु समुदायका नेता, सांसद, जनप्रतिनिधि, अभियन्ता, संघ-संस्था र आम सर्वसाधारणलाई एकजुट भई विभेदकारी विधेयकको विरुद्ध संघर्ष गर्न पनि थारु कल्याणकारिणी सभाले आह्वान गरेको छ ।