२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट बिस्तारै कम हुने

अ+ अ-

काठमाडौँ । आज नेपालको सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर वर्षा भइरहेको छ । अहिले कञ्चनपुर, डडेलधुरा, डोटी, दार्चुला, कैलाली, अछाम र यता कास्कीका केही क्षेत्रमा वर्षा भइरहेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले जानकारी दिए।

विभागका अनुसार पछिल्लो १२ घण्टाको वर्षा मापन अनुसार डोटीमा ८८ दशमलव छ मिलिमिटर वर्षा भएको छ । कैलालीमा ७४ दशमलव छ र बैतडीमा ६९ दशमलव चार मिलिमिटर वर्षा भएको उनले बताए ।

गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय भएको विभागले जनाएको छ । हिजो देशैभरी सक्रिय भएको मनसुन आज भने पश्चिममा बढी सक्रिय देखिएकाले ती क्षेत्रमा निरन्तर वर्षा भइरहेको मौसमविद् ढकालले उल्लेख गरे ।

“पछिल्लो २४ घण्टाको मापन हेर्दा भने सबैभन्दा बढी वर्षा बैतडीमा ११६, डोटीमा ९२ दशमलव चार, कैलालीमा ९० दशमलव छ र अछाममा ९८ मिलिमिटर वर्षा भएको छ”, उनले भने ।

उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, कास्की, पर्वत जिल्लामा पनि भारी वर्षा भएको जनाउँदै उनले धेरै वर्षा मापन केन्द्रहरूमा भारी वर्षा भएको अभिलेख रहेको बताए। पछिल्लो तीन घण्टाको रेकर्ड कैलाली, दार्चुला, बैतडी, डडेलधुरा तथा आसपासका जिल्लाहरू पनि निरन्तर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पुर्वी भू–भागभन्दा पश्चिमतर्फ बढी सक्रिय भइरहेको हो ।

हाल देशभर साधारणतया बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा वर्षा भइरहेको छ । आज रातिदेखि बिस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ ।

मौसमविद् ढकालले भने, “वर्षा रोकिने नै चाहिँ हुँदैन, तर भारी वर्षा कम हुने देखिएको छ, छिटफूट ठाउँमा मात्रै भारी वर्षा हुन्छ, बदली भने कायमै रहने छ ।”