२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षा मन्त्री राईले भने : ‘फास्ट ट्रयाक ०८३ भित्रै बनाउन नसकिएला तर मेलम्ची जति समय लाग्दैन’

अ+ अ-

काठमाडौँ । रक्षा मन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को काम समयमै सकिनेमा आशंका व्यक्त गरेका छन्।

बिहीबार सिंहदरवारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफलमा उनले उक्त कुरा बताएका हुन्।

‘अहिल्यै ०८३ साल नआइकन सकिँदैन भन्न त नमिल्ला। ८३ भित्र सक्ने सम्भावना कठिन छ। तर म यति भन्न चाहन्छु, मेलम्चीको आयोजना जति लम्बिँदैन। यति धेरै लामो समय लाग्दैन,’ उनले भने।

छलफलमा उठेका प्रश्नको जबाफ दिँदै उनले अहिले सरकार फास्ट ट्र्याकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताए।

मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढंगले अघि बढिरहेको बताए।

प्रधान सेनापति अशोकराज सिग्देलले भने फास्ट ट्र्याकको विवादित क्षेत्र खोकनाको सिकाली मन्दिर र किरियापुत्री बस्ने घर छाडेर पुरक डिपिआर निर्माण गरेको बताए। उनले फास्ट ट्र्याकलाई समयमै सक्नेमा प्रतिबद्ध रहेको पनि बताए।