२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई सूचना प्रविधिको क्षेत्रमा लागेर आर्थिक लाभ हासिल गर्न सञ्चार मन्त्री गुरुङको आग्रह 

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताएका छन् ।

राष्ट्रिय युवा संघको आयोजनामा आज ललितपुरमा भएको ‘इन्टरनेसनल आइटी युथ कन्फ्रेन्स २०२५’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘डिजिटल’ नेपाल कार्यान्वयन गर्न ‘एआई’को प्रयोग गरेर उत्पादन बढाउन आठ वटा क्षेत्र पहिचान गरेको उल्लेख गर्दै युवालाई सूचना प्रविधिको क्षेत्रमा लागेर आर्थिक लाभ हासिल गर्न आग्रह गरे ।

“हालै जारी भएको एआई नीति कार्यान्वयन गर्न नियमावली बनाउने तयारी गर्दैछौँ, एआईको उत्पादन र उद्यमशीलता बढाउन जोड दिने नीतिगत व्यवस्था गर्दैछौँ, अबको दश वर्षमा सूचना प्रविधिको क्षेत्रबाट ३० खर्ब आम्दानी हुने अपेक्षा गरिएको छ, सबै युवालाई नवप्रवर्तनमा लाग्न आग्रह गर्छु”, मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले यस किसिमको सम्मेलनमा नेपालको सूचना प्रविधिसम्बन्धी नीति, कानुन र कार्यान्वयनबारे छलफल हुने विश्वास व्यक्त गरे । “नेपाली युवाहरूलाई विश्वव्यापी रूपमा जोड्ने प्रेरणादायी विषयवस्तुअन्तर्गत आज नेपालको जुम्लादेखि ‘सिलिकन भ्याली’जस्ता विश्वका नवप्रवर्तन केन्द्रहरूसम्म जोड्ने प्रयास गरिएको छ, हजारौँ नेपाली युवा प्रविधिमार्फत एकापसमा जोडिएका छन्, यसले प्रविधिको कुनै सिमाना हुँदैन भन्ने प्रमाण प्रस्तुत गरेको छ”, उनले भने ।

नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत प्रेरणालाई नवप्रवर्तनमा परिणत गर्न प्रतिबद्ध रहेको मन्त्री गुरुङले बताए । “देशभित्र र विश्वभरका करिब एक करोड नेपाली युवालाई एकसाथ ल्याउने यस दृष्टिकोणमार्फत हामी केवल सपनालाई अवसरसँग जोडिरहेका छैनौँ, बरु नेतृत्वका माध्यमबाट नवप्रवर्तन र सहकार्यको डिजिटल आन्दोलन निर्माण गरिरहेका छौँ”, उनले भने ।

युवाहरूको नेतृत्वमा नेपाल विश्वव्यापी डिजिटल क्रान्तिको योगदानकर्ता बन्न सक्ने मन्त्री गुरुङले बताए ।

“हाम्रो डिजिटल पारिस्थितिक तन्त्रको शक्ति, कमजोरी, अवसर र चुनौती अरूको विश्लेषण गर्ने, युवा ‘करिअर’, उद्यमशीलता र लगानी अवसरहरू खोज्ने, विश्वका उत्कृष्ट अभ्यासहरू सिक्ने तथा भौगोलिक सीमालाई पार गर्दै नीति, अभ्यास र नवप्रवर्तनबीच पुल निर्माण गर्ने अवसर प्रदान गर्दछ”, उनले भने, “हाम्रो प्रमुख प्राथमिकतामा डिजिटल नेपाल ‘फ्रेमवर्क’ २.० अन्तर्गत नीति, पूर्वाधार र मानव स्रोत सुदृढीकरण, डिजिटल सम्बन्ध, सुशासन, ‘साइबर’ सुरक्षा, ‘फाइभजी’ प्रवर्द्धन, ‘डेटा सेन्टर’ र उपग्रह परियोजनाहरू समावेश छन् ।”

कृत्रिम बुद्धिमत्ता, ‘ब्लकचेन’ र उदाउँदो प्रविधिलाई शासन, शिक्षा, उद्यमशीलतामा लागू गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै मन्त्री गुरुङले युवालाई परिवर्तनको केन्द्रमा राख्दै, गाउँ गाउँमा स्मार्ट विद्यालयदेखि लिएर विश्वका सहरमा एआई नवप्रवर्तन केन्द्रसम्म, डिजिटल साक्षरता अभियानदेखि लिएर अन्तरराष्ट्रिय लगानी साझेदारीसम्म नेपालले भविष्यका लागि सुदृढ जग बसाउँदै गरेको बताए । 

विश्वको डिजिटल कूटनीतिका सन्दर्भमा, नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा समावेशी डिजिटल रूपान्तरणको पक्षमा आवाज उठाउँदै आएको उनले बताए । 

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले नेपाललाई कसरी राम्रो बनाउँदै विकसित र सुन्दर बनाउन सकिन्छ भनेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै समयसापेक्ष सूचना प्रविधिको विकासलाई अगाडि बढाउन लागिपरेको बताए । उनले सूचना प्रविधिले ल्याएको परिवर्तनलाई स्वीकार गर्दै विश्वभर रहेका सम्भावनालाई मध्यनजर गरेर नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सकारात्मक सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।