२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दैलेखको मिथेन ग्यासको चर्चा छ तर, चट्याङले ज्यान गुमाउनु परेकोमा सरकार चिन्तित छैन’ : सांसद राना

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता कुमारी रानाले सरकारले दैलेखमा पेट्रोलियम खानीमा मात्रै ध्यान केन्द्रित गरेको तर, चट्याङको पूर्व सूचना दिने यन्त्र जडान नगरिएको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद रानाले दैलेखमा पेट्रोलियम खानी फेला परेको क्षेत्रमै चट्याङमा परेर जनधनको क्षति हुँदा पनि राज्यले बेवास्ता गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ अन्वेषणको मिथेन ग्यासको चर्चा छ, सोही गाउँपालिकाको वडा नम्बर ३ मा चट्याङ लागेर तीन जना घाइते हुनुभएको छ ।’

उनका अनुसार भैरवी गाउँपालिका–३ मा चट्याङ लागेर तीन घाइते भएका छन् । दैलेखमा विगतमा पनि चट्याङमा परेर स्थानीयले ज्यान गुमाउनु परेको बताउँदै उनले पूर्व सूचना प्रणाली जडान गर्न आग्रह गर्दा सुनुवाइ नभएको बताइन् ।

‘यो भन्दा पहिले धेरै पटक मैले दैलेखको चट्याङको विषयमा बोलिसकेको छु, सरकार किन चिन्तित हुन सकेको छैन, चट्याङ पर्नुभन्दा पहिले नै त्यहाँ पूर्वसूचनाका लागि सेन्सर यन्त्र जोडिदिनका लागि पनि मैले माग गरेको थिएँ, सो जानकारी अहिलेसम्म पनि प्राप्त भएको छैन,’, उनले भनिन् ।