२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा डेंगी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुई सय ८८ जनामा डेंगी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ । 

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेंगी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताउँछन् । डेंगीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उनले आग्रह गरे ।

“गमला, साइकल वा गाडीको टायर, खाली ड्रम जस्ता पानी जम्न सक्ने भाँडा तथा खाल्डामा लामखुट्टेले सजिलैसँग फुल पारेर आफ्नो वृद्धि विकास गर्ने भएकोले यस्ता सतर्कता अपनाउन आवश्यक छ”, जोशीले भने,“यस्ता सम्भावित स्थानको खोजी गरी लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।”

दुई वर्षअघि डेंगीका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले रोगको रोकथामका लागि लामखुट्टे मार्न ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनु आवश्यक रहेको बताए । “यसमा हरेक स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ । आफ्नो क्षेत्रमा रोग सङ्क्रमणको अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । यस वर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन्”, उनले भने ।  

सरकारी अस्पतालमा यो रोगका बिरामीको नि:शुल्क उपचार हुने गरेको छ ।  लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।