२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान बालीमा मरुवा रोगको समस्या

अ+ अ-

गोरखा । गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धान बालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीन वटा वडामा लगाइएको धान बालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिए।

पालुङटारको वडा नं ४, ६ र ८ मा गरी झण्डै चार सय १० रोपनी क्षेत्रमा लगाइएको धान बालीमा मरुवा रोग फैलिएको छ, सबैभन्दा धेरै वडा नं ८ स्थित एक हजार फाँटको द्वारटारमा समस्या देखिएको छ । रोगका कारण ती क्षेत्रमा धानका रोपो सुकिसकेको अधिकृत विष्टले जानकारी दिए । 

“किसानले ज्ञान केन्द्रमा जानकारी गराएपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेर रोगको अध्ययन गरिसकेका छौँ, रोग फैलिएका क्षेत्रका धान बाली सुकिसकेको अवस्था छ”, उनले भने । मरुवा रोग धान बालीमा लाग्ने एक प्रकारको ढुसी कीरा हो । समयमा नै ढुसीनासक औषधिको प्रयोग गर्नसके रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

त्यस क्षेत्रमा विशेष गरी गोरखनाथ, सावित्री र मन्सुली जातको धान बालीमा मरुवा रोग देखिएको छ । सोही फाँटमा लगाइएको राम धानमा भने मरुवा रोगको प्रकोप नदेखिएको अधिकृत विष्टले बताए । पालुङटार नगरपालिका वडा नं ४ र ६ मा पनि धान बालीमा उक्त रोग देखिएको छ । त्यहाँ करिब १० रोपनी धान खेतमा मरुवा रोग देखिएको उनले जानकारी दिए ।

रोग लागेको क्षेत्रका किसानलाई ढुसीनासक औषधि उपलब्ध गराउनुका साथै ‘स्प्रे’ पनि गरिसकिएकाले ५० प्रतिशत धान बाली जोगाउन सकिने विश्वास गरिएको अधिकृत विष्टको भनाइ छ । “किसानले धानको बीउ खरिद गर्दादेखि नै विशेष ख्याल नपुर्‍याउँदा समस्या हुन्छ”, उनले भने, “धानको जातले पनि मरुवा रोग लाग्ने वा नलाग्ने हुनसक्छ ।”