२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेम्केमैयुङमा तीन करोडको लागतमा पशुपक्षी सेवा केन्द्र निर्माण

अ+ अ-

भोजपुर । टेम्केमैयुङ गाउँपालिकामा करिब रु. तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्री बासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधा सम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो ।

सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । उनका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ ।

“गाउँपालिकामा सुविधा सम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ”, उपाध्यक्ष राईले भनिन्, “यसले सेवा प्रवाह मात्र होइन, अनुसन्धान र रोग नियन्त्रणमासमेत महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।”

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले किसानको आर्थिक उन्नतिमा टेवा पुग्ने बताए । आधुनिक उपकरणसहितको भवनले यहाँको कृषि-पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहज हुने उनको भनाइ छ । “छोटो समयमा गाउँपालिका नमूनायोग्य भवन बनेको छ”, अध्यक्ष बस्नेतले भने, “यो भवनले गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा लिएको लक्ष्यलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशु छुट्टाछुट्टै प्रयोगशाला रहेकाले रोग र कीराको पहिचान गर्न सहज हुने बताउनुभयो । भविष्यमा कुनै महामारी देखिए यही परीक्षण गरेर तत्काल कदम चाल्न सकिने अवस्था बनेको उनको भनाइ छ ।

भवन निर्माणले रोग कीराको अनुसन्धानसँगै गाउँपालिकाका नागरिकलाई सेवा प्रवाहमा सहजता भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । भवनबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन भूमिका खेल्नुपर्ने उहाँ बताउँछन् ।

आर्थिक करिडोर कार्यालय पाख्रीबासका प्रमुख डा. इन्द्रनारायण शाहले भवनमा प्रयोगशालादेखि फर्निचरसम्म सबै आवश्यक उपकरण जडान भइसकेको जानकारीले दिए । भवन अपांगमैत्री रहेकाले गाउँपालिकावासी किसानले यस भवनबाट कृषि र पशु रोग अनुसन्धान, उपचार र उत्पादन वृद्धिमा प्रत्यक्ष लाभ पाउने अपेक्षा लिएका छन् ।