२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले भन्यो : ‘पशुपतिमा नागा बाबाहरूले यौनांग देखाउनुलाई अश्लील भन्न मिल्दैन’

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालले केवल शारीरिक रूपमा नांगो हुनुलाई मात्र अश्लीलता प्रदर्शन भनी टिप्पणी गर्न नमिल्ने व्याख्या गरेको छ ।

न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको संयुक्त इजलासले पशुपतिमा शिवरात्रिमा आउने नागा बाबाहरूको गतिविधि नियन्त्रण माग गर्दै दायर गरिएको रिटमा व्याख्या गर्दै सर्वोच्चले नग्नता र अश्लीलताको व्याख्या सापेक्ष हुने भनेको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले २७ भदौ २०८१ मा रिट खारेज हुने फैसला सुनाएको थियो । सर्वोच्चको पूर्णपाठमा पशुपतिभित्र नागा बाबाहरूको उपस्थिति सनातन धर्म र हिन्दु धार्मिक संस्कृतिअनुकूल भएको व्याख्या गरिएको छ ।

‘नग्नता र अश्लीलता एकै होइनन् । नग्नता एउटा वस्त्रविहीन शारीरिक अवस्था हो। खास गरी स्तन र यौनांग आदि नछोपिएको अवस्थालाई नग्नताको रूपमा लिने गरिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘तर अश्लीलता यौनिक उत्तेजना ल्याउने वा सामाजिक सांस्कृतिक दृष्टिले लाजमर्दो र आपत्तिजनक अभिव्यक्ति हो । नग्नताका सबै अवस्थालाई अश्लील मान्न सकिँदैन । अश्लीलताको निर्धारण अभिव्यक्तिको सन्दर्भ, त्यसमा निहित उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानूनी व्यवस्था आदिका आधारमा गरिनुपर्ने हुन्छ ।’

कला संस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचारको प्रयोजनका लागि वा अन्य स्वीकार्य सामाजिक मान्यताअनुरूप यौनांग देखाउनुलाई अश्लीलताको द्योतक मान्न नसकिने सर्वोच्चको व्याख्या छ ।

‘प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका देवदेवीका श्रृङ्गार रसयुक्त कलात्मक चित्र वा सङ्ग्रहालयमा राखिएको नाङ्गो चित्र वा मूर्ति आदिलाई अश्लील मान्न सकिँदैन,’ फैसलामा भनिएको छ ‘अश्लील मानिनका लागि सामान्यतः सामाजिक रूपमा स्वीकार्य मान्यता विपरीत, अशोभनीय र यौनिक दृष्टिले दिग्भ्रमित बनाउने उद्देश्यले गरिएको अभिव्यक्ति वा क्रियाकलाप हुनुपर्ने हुन्छ ।’

सर्वोच्चले धर्मशास्त्र र धार्मिक अभ्यासलाई समेत आधार बनाएर फैसला गरेको छ । पाण्डुरंग वामन काणेको पुस्तक धर्मशास्त्र का इतिहासुमा नागा साधुहरूको अभ्यासलाई वैदिक परम्परा भनी उल्लेख गरेको सर्वोच्चको फैसलामा उल्लेख छ । काणेको यो पुस्तक ५ भाग रहेको छ । साथै नागा बाबाहरूको गतिविधिलाई धार्मिक अभ्यासको अभिव्यक्तिका रूपमा लिनुपर्ने पनि सर्वोच्चको फैसलामा भनिएको छ ।

‘नागा साधुहरू निर्वस्त्र रहनुलाई उनीहरूको धार्मिक आस्था र परम्पराको अभिन्न अंगका रूपमा रहेको र शरीरमा खरानी लेपन गर्ने, निर्वस्त्र रहने तथा शिवालय आदि विभिन्न धार्मिक स्थलहरूमा विशेष अवसरहरूमा निर्वस्त्र देखा पर्नुलाई उनीहरूको पहिचान र धार्मिक अभ्यासको अभिव्यक्तिका रूपमा लिनुपर्ने देखियो, ’फैसलामा भनिएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा नागा साधुहरू नांगै बस्नु अश्लीलताको प्रदर्शन नभएको पनि सर्वोच्चको फैसलामा भनिएको छ । ‘निजहरू नांगै बस्नुको उद्देश्य दर्शनार्थी भक्तजनहरूको कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा निजहरूको सोचलाई भ्रष्ट र चरित्रहीन गराउने उद्देश्यले नभई सनातन अभ्यास र परम्पराअनुसार भगवान् पशुपतिनाथप्रतिको भक्ति, समर्पण र साधनाका रूपमा नांगै बसेको भन्ने देखिन आउँछ, ’फैसलामा भनिएको छ ।

साथै नागा बाबाहरूको गतिविधिबाट भक्तजनहरू यौनिक रूपमा दिग्भ्रमित वा चरित्रहीन बन्न पुग्ने वा सोबाट महिला बालबालिका आदि भक्तजनहरूमा यौनहिंसा हुन जाने भन्ने निवेदकको दाबी स्वाभाविक र तर्कसंगत नदेखिएको पनि सर्वोच्चको व्याख्यामा भनिएको छ ।

‘साथै नागा साधुहरूको यस किसिमको अभ्यास र व्यवहार सनातनदेखि चलिआएको र यसलाई धार्मिक, सामाजिक र नैतिक मूल्यका दृष्टिले समेत स्वीकार्य नै मानिएको हुँदा नागा साधुहरूले धार्मिक स्थलमा सार्वजनिक, नैतिकता र शिष्टाचारविपरीत अश्लीलता प्रदर्शन गरेको भनी मान्न मिल्ने देखिएन, फैसलामा भनिएको छ ।