काठमाडौँ । नेपाल सरकारका सचिव भरतमणि सुवेदीले दिएको राजीनामा स्वीकृत भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव सुवेदीले बुझाएको राजीनामा स्वीकृत गरेको हो ।
पुष अन्तिम सातासम्म जागिर अवधि रहेका सुवेदीले चार महिना अघि नै राजीनामा दिएर सरकारी सेवाबाट अलग भएका हुन् ।
यससँगै एक सचिव पद रिक्त भएको छ ।







