२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामहरि खतिवडाको दाबी : ‘कुलिङ पिरियड’ मा भएको चलखेलमा मेरो कहीँ गल्ती, कमजोरी छँदै थिएन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति रामहरि खतिवडाले निजामती सेवा ऐनमा रहेको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादमा आफ्नो कुनै गलत भूमिका नरहेको दाबी गरेका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा कुनै गल्ती वा कमजोरी नगरेको र समितिलाई निष्पक्ष रूपमा सञ्चालन गरेको दाबी गरे।

‘व्यक्तिगत रूपमा मेरो तर्फबाट कहीँ गल्ती, कमजोरी छँदै थिएन,’ खतिवडाले भने, ‘म दृढताका साथ भन्छु, यो (निजामती विधेयक) ल्याउन मेरो ठूलो भूमिका थियो। मेरो अडान हिजो पनि थियो, आज पनि छ।’

उनले आफ्नो कार्यकालमा समितिले ८० वटा बैठक सफलतापूर्वक सम्पन्न गरेको, ६ हजारभन्दा बढी पीएसओ खोसेर ८ सयमा झारेको र नागरिकता विधेयक, भ्रष्टाचारसम्बन्धी विधेयकजस्ता महत्वपूर्ण कानुन पारित गराएको स्मरण गरे।

खतिवडाले निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’ को व्यवस्था राष्ट्रिय सभाबाट पारित भएर नआएसम्म आफूले सभापति पदमा बसिरहने नैतिकताले नदिने भएकाले राजीनामा दिएको स्पष्ट पारे। ‘जबसम्म राष्ट्रिय सभाबाट कुलिङ पिरियडसहितको विधेयक पारित भएर आउँदैन, म बस्नु नैतिकताले दिँदैनथ्यो र दिँदैन पनि,’ उनले भने।

उनले आफ्नो कार्यकालमा सहयोग गर्ने पार्टी सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपसभापति पूर्णबहादुर खड्का तथा समितिका सबै सदस्यहरूप्रति आभार व्यक्त गरे।

उनले ईश्वरी न्यौपानेलाई समितिको सभापति बनाउन आफैँ प्रस्तावक बसेको जानकारी दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।