२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वरी न्यौपानेको प्रतिबद्धता :‘राज्य व्यवस्था समितिमा विवादास्पद घटना दोहोरिन दिन्नँ’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आफ्नो उम्मेदवारी पार्टीको निर्णयअनुसार भएको बताउँदै समितिमा विगतमा जस्ता विवादास्पद घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मंगलबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन्।

संसदीय समितिहरूमध्ये अत्यन्तै संवेदनशील मानिने राज्य व्यवस्था समितिको सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।

‘पार्टीको पदाधिकारी बैठकले मलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गर्‍यो,’ न्यौपानेले भनिन्, ‘म पार्टीको कार्यकर्ता हुँ, पार्टीले निर्णय गरेपछि नाइँ भन्ने कुरा भएन।’

संसदीय सुनुवाइ समितिको पूर्वसभापति समेत रहेकी न्यौपानेले राज्य व्यवस्था समितिमा हालै देखिएको उपसभापतिको लेटरहेड दुरुपयोगको घटनाप्रति संकेत गर्दै त्यस्ता कमजोरी दोहोरिन नदिने बताइन्।

‘भर्खरै एउटा घटना घटेको छ, त्यस्तो घटना नदोहोरियोस् भन्ने म चाहन्छु,’ उनले भनिन्, ‘त्यो विषय मैले नै संसदमा उठाएको थिएँ। उहाँ (उपसभापति) ले करुणाभावले पत्र दिनुभएको थियो तर प्रक्रिया र व्यक्ति सही थिएनन्।’

समितिमा ‘हेभिवेट’ र वरिष्ठ नेताहरू सदस्य रहेको स्वीकार्दै उनले सबैसँग सहजीकरण र सहकार्य गरेर अघि बढ्ने बताइन्। ‘जहाँ बढी चुनौती हुन्छ, त्यहाँ काम गर्ने सम्भावना पनि धेरै हुन्छ। मलाई चुनौती सामना गर्न रमाइलो लाग्छ,’ उनले भनिन्, ‘सबैसँग सहजीकरण गर्दै, सबैको साथ लिँदै अगाडि बढ्ने कोसिस गर्नेछु।’

यसअघि, काँग्रेस नेता रामहरि खतिवडाले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’को विषयमा पार्टीको ह्वीप मान्दै विधेयक पारित गराएपछि नैतिक आधारमा सभापति पदबाट राजीनामा दिएका थिए।

सोही रिक्त पदमा काँग्रेसले शीर्ष नेताहरूको दुई दिने लामो छलफलपछि अन्य आकांक्षीलाई पछि पार्दै न्यौपानेलाई अघि बढाउने निर्णय गरेको हो।