काठमाडौँ । काठमाडौँलाई खाल्डारहित बनाउने अभियान थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सो अभियान अन्तर्गत जडीबुटी मनोहरा पुलदेखि माइतीघर मण्डलासम्म मंगलबार राती खाल्डाखुल्डी भर्ने काम सम्पन्न गरिएको छ ।
सडक डिभिजन काठमाडौँको जिम्मेवारी अन्तर्गत यस खण्डका खाल्डा पुर्ने काम गरिएको कार्यालयले जनाएको छ ।
काठमाडौँको सडकमा देखिने खाल्डाखुल्डीका कारण संघ र स्थानीय सरकारको आलोचना हुने गरेको छ ।







