२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्गमा सवारी साधन रोक्न निषेध

अ+ अ-

काठमाडौँ । हिंस्रक वन्यजन्तुको मुभमेन्ट (गतिविधि) बढेको भन्दै पर्सा राष्ट्रिय निकुञ्जले वरपरका राजमार्ग क्षेत्रमा सवारी साधन रोक्न निषेध गरेको छ। 

बाघ, चितुवाजस्ता वन्यजन्तुको गतिविधि बढेका कारण मानवीय क्षति हुन नदिन निकुञ्जले सवारी साधन रोक्न निषेध गरेको हो। 

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बिहीबार पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई पत्र लेख्दै पथलैया-अमलेखगञ्ज सडकखण्ड र पथलैया-निजगढ सडक खण्डको जंगलमा सवारी साधन रोक्न निषेधका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

खतिवडाले पत्रमा निकुञ्ज र वन क्षेत्रबाट निस्कने वन्यजन्तुले मानवीय क्षति पुर्‍याएको सूचना पाएकाले त्यस्तो घटना हुन नदिन सवारी साधन रोक्न निषेध गरिएको उल्लेख गरेका छन्। 

खतिवडाले केही दिनका लागि भन्दा पनि सधैँका लागि सवारी साधन रोक्न निषेध गर्न जरुरी रहेको बताए। सवारी साधन रोक्न नदिनका लागि निकुञ्जले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयसँग सहयोग मागेको छ।

ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सवारी साधन रोक्न नदिनका लागि भूमिका खेलेमा सहज हुने बताउँदै खतिवडाले निकुञ्ज अन्तर्गतको राजमार्गमा आफूहरू पनि अनुगमन गर्ने बताए। निकुञ्जले उल्लेख गरेको उक्त क्षेत्रमा पछिल्लो समय बाघ, चितुवा, हात्तीजस्ता वन्यजन्तुको चहलपहल बढ्दो अवस्थामा छ । खतिवडाले आम नागरिक पनि यस विषयमा सचेत हुन जरुरी रहेको बताए। 

पछिल्लो पटक बुधबार बिहान पथलैया-अमखेगञ्ज सडक खण्डको आधाभार जंगलमा जीतपुरसिमरा उपमहानगरपालिका २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्माको मृत भेटिएका थिए। शर्मालाई बाघले आक्रमण गरेको आशंका गरिएको छ।