२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय एकताका लागि दलहरूबीच सहकार्य आवश्यक छ’ : देवप्रसाद गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अस्थिरता र अराजकता सृजना गर्ने प्रयासका विरुद्ध दलहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगरपालिका-१७ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विभिन्न शक्तिहरूले देशमा द्वन्द्व सृजना गरेर संकट निम्त्याउने प्रयास गरेकाले राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए ।

“अहिलेको व्यवस्थालाई कमजोर बनाउने प्रयास भएको छ । दलहरूबीचको मजबुत एकताबाट मात्र राष्ट्रिय स्वाधीनता र एकताका लागि बल पुग्दछ । वर्तमान व्यवस्थाको विकल्प छैन”, महासचिव गुरुङले भने ।

नेता गुरुङले देश स्वाधीन बन्नका लागि भ्रष्टाचारको अन्त्य हुनै पर्नेमा जोड दिए । माओवादीको नेतृत्वमा बनेको अघिल्लो सरकारले सुशासनका लागि काम गरेकाले जनतामा समेत उत्साह छाएको उनको भनाइ थियो ।

महासचिव गुरुङले देश विकासमा  माओवादी केन्द्रको विकल्प नभएको बताए । उनले भने, “केही सीमा र कमजोरी भए पनि माओवादीको विकल्प अन्य दल हुन सक्दैनन् । अहिले आकारमा सानो भए पनि व्यवस्थाको रक्षा माओवादीले मात्र गर्न सक्छ ।” नेता गुरुङले विभिन्न चाडपर्वहरूले देशमा राष्ट्रिय एकता बलियो बनाउने र नेपाली समाजको एकताको आधार बनेको उल्लेख गरे।

कार्यक्रममा संविधानसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य तेजकुमारी पौडेल, दुर्गा विक, गंगा पोखरेल, अखिल नेपाल महिला संघ कास्कीका अध्यक्ष सृजना त्रिपाठीलगायतले देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।