२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परजीवी किरा उत्पादन प्रयोगशाला स्थापना गरिँदै

अ+ अ-

काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको सहकार्यमा परजीवी किरा उत्पादन प्रयोगशाला स्थापना गर्ने भएको छ ।

त्यससँग सम्बन्धित समझदारी पत्रमा खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र कृषि तथा वन विज्ञान विश्वविद्यालयको तर्फबाट अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा. डा. नीराजन भट्टराईले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार प्रयोगशालामा टेलेनोमस (प्वाँख निस्किएको कमिला जस्तो देखिने कालो किरा) र ट्राइकोग्रा (बारुला जस्तो देखिने रातो आँखा भएको किरा) उत्पादन गरिने नगरपालिकाका कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठले जानकारी दिइन् ।

टेलेनोमस र ट्राइकोग्रामा कृषिमा अत्यन्तै महत्वपूर्ण लाभदायी परजीवी मानिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । कृषि प्रसार अधिकृत गौरव न्यौपाने भन्छन्, ‘टेलेनोमस र ट्राइकोग्रामाले खाद्य बालीका हानिकारक कीरा-जस्तै मकै र धानमा लाग्ने गबारो, मकैमा लाग्ने अमेरिकन फौजी कीरासहित पुतली वर्गका किराको जीवनचक्रलाई नै तोडेर प्राकृतिक रूपमा नियन्त्रणमा सहयोग पुर्‍याउँछ ।’

उनका अनुसार एक हेक्टरका लागि २० हजार यस्ता बारुला आवश्यक पर्दछ । आँखाले हेर्दा एकदमै सानो देखिने यी प्रजातिका किराको आयु १४ दिन हुन्छ ।

वातावरणमैत्री र दिगो कृषि विकासमा सहयोग पुग्ने विश्वास

समझदारी पत्रमा उल्लेख भएअनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालयले खैरहनी नगरपालिकामा परजीवी कीरा उत्पादन प्रयोगशाला स्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्ने छ ।

साथै नगरपालिकासँगको साझेदारीमा जैविक सामग्री उत्पादन तथा प्रवर्द्धनका लागि आवश्यक अल्पकालीन एवम् दीर्घकालीन परामर्श सेवा उपलब्ध गराउने छ ।

खैरहनी नगरपालिका प्रमुख खनियाले परजीवी किरा उत्पादन प्रयोगशाला स्थापनाले वातावरणमैत्री र दिगो कृषि विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

रासायनिक विषादीले हानिकारक किरासहित लाभदायी जीव पनि नष्ट गर्ने हुँदा टेलेनोमस र ट्राइकोग्राले लक्षित किरालाई मात्र नियन्त्रण गर्ने भएकाले दिगो र सुरक्षित कृषिको लागि परजीवी कीरा उत्पादन प्रयोगशाला प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा.नीराजन भट्टराईले खैरहनी नगरपालिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहकार्यमा स्थापना हुने परजीवी किरा उत्पादन प्रयोगशालाले किसानलाई सुरक्षित विकल्प उपलब्ध गराई दिगो कृषि प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको उल्लेख गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले नगरपालिकाले विश्वविद्यालयसहित विभिन्न कृषिसँग सम्बन्धित निकायसँग आपसी सहमति, सहकार्य र साझेदारीमा काम गर्ने योजना वार्षिक नीति तथा कार्यक्रममा समेटेको बताए ।