२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध

अ+ अ-

दार्चुला । चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा तीन सातादेखि सञ्चार विच्छेद भएको छ । गत साउन २८ गते आएको बाढीपछि तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको हो ।

 तिंकर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्‍याएपछि टेलिफोन सेवा बन्द भएको हो । फोन सेवा नहुँदा समस्या भएको स्थानीय आस्तिक तिङ्करीले बताए । गाउँमा भिसेट फोन पनि छ । तर निरन्तरको वर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको उनले बताए। 

व्यास गाउँपालिका–१ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए । व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने, “गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ ।” यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन् ।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिङ्करको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए। “सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ । समस्या समाधानको प्रयास भइरहेको छ”, उनले भने ।