२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाको बहुमतले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए ।

बैठकमा सदस्यहरूले उठाएको विषयको जवाफ दिँदै मन्त्री अधिकारीले जग्गा व्यवस्थापनका लागि प्रत्येक वडा, पालिकामा त्यहाँ क्रियाशील सबै दलका प्रतिनिधि रहेको सर्वदलीय समितिले पारित गरेर गरिने भएकाले कुनै बदमासी नगरी सही रूपमा काम हुने प्रतिबद्धता जनाए । 

जग्गा कमाइ आएको छ तर उसका नाममा देशभर कतै जग्गा नभएका अव्यवस्थित बसोबासीलाई त्यही जग्गा दिने, त्यो जग्गामा कुनै पनि खालका जोखिम अन्यत्र व्यवस्थित गरिने मन्त्रीको अधिकारीको प्रतिबद्धता थियो ।

बैठकमा सदस्यहरू गोपीबहादुर सार्की अछामी, घनश्याम रिजाल, किरणबाबु श्रेष्ठ, इन्दिरादेवी गौतम, मोहम्मद खालिद, जगप्रसाद शर्मा, नारायणदत्त मिश्र, मदनकुमारी शाही (गरिमा), गोपाल भट्टराई, भुवनबहादुर सुनार, पदमबहादुर परियार, राधेश्याम पासवान, विष्णुकुमारी सापकोटा, पूजा चौधरी, कृष्णप्रसाद अधिकारी, विष्णुबहादुर विश्वकर्मालगायतले प्रस्तावमाथि विचार राख्दै कृषि, उद्यम गर्न राखिएका जग्गालाई प्लटिङ गर्न खोजेको भन्ने विषयलाई प्रष्ट पारिनुपर्नेमा जोड दिएका थिए ।

भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेकालाई बसोबासका लागि जग्गाको व्यवस्था गरिनुपर्ने, केही विवाद भएको विषय अझै मिलाउन बाँकी रहेको, अव्यवस्थित बसोबासी बसेको जमिन सुरक्षित नरहेको, भू–माफिया र दलालका लागि पो यो विधेयक ल्याइएको हो कि भन्ने चर्चा बाहिर भइरहेकाले यसलाई मन्त्रीले प्रष्ट पारिनुपर्नेमा सदस्यहरूले जोड दिएका थिए । विधेयकबाट सरकारी, सार्वजनिक र गुठी जग्गा धेरै अपचलन हुने देखिएकाले पुनर्लेखन गर्नुपर्नेमा पनि केही सदस्यहरूले जोड दिएका थिए ।