२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित भयो’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता आवश्यक भएको बताएका छन् । 

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले समाजवादी आन्दोलनलाई अगाडि बढाउने अबको संकल्प हुनुपर्ने बताए ।

अध्यक्ष दाहालले जनयुद्धमा महिलाको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै भने, “जनयुद्धमा हजारौँ महिलाको सहभागिता नभएको भए संघीय लोकतान्त्रिक संविधान, गणतन्त्र र राज्यका निकायमा महिलाको ३३ प्रतिशत उपस्थिति सम्भव थिएन ।”

अध्यक्ष दाहालले जनताको संघर्षको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका षडयन्त्र परास्त गर्न परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । 

“सम्मेलनबाट समाजवादी यात्राका लागि पार्टी र संविधानविरुद्ध भइरहेको षड्यन्त्रविरुद्धको संकल्प लिनुहुनेछ”, उनले भने।

उनले संविधानले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्ताबेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए । तर जुन उद्देश्यले संविधान निर्माण गरिएको थियो त्यसको कार्यान्वयनभन्दा संविधानविरुद्ध गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भने, “हामीले बनाएको संविधान कार्यान्वयनतर्फ होइन, उपलब्धि उल्टिने खतरा देखिएको छ ।”

अध्यक्ष दाहालले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता दोहोर्‍याए । उनले भने, “१० वर्षअघि संविधान निर्माण गर्दा हामीले भनेका थियौँ-जननिर्वाचित कार्यकारी प्रमुख र निर्वाचन पूर्ण समानुपातिक हुनुपर्छ । अहिले त्यसको आवश्यकता झन् बढी महसुस भइरहेको छ ।”

माओवादीका उपाध्यक्ष पम्फा भुसालले पूर्ण महिला अधिकार स्थापनाका लागि वैज्ञानिक समाजवादमा जानुपर्नेमा जोड दिँदै प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि संघर्ष गर्नुपर्ने बताइन् । 

“उत्पादनको स्रोतमाथिको समान पहुँच, समान क्षमता र योगदानबाटमात्रै महिला मुक्ति सम्भव छ”, उनले भनिन्, “महिलामाथि हुने विभेद भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वर्गीय रूपमा हटे पनि महिला पुरुषबीचको भेदभाव चिन्तनको समस्या हो, यो लामो समयसम्म रहन्छ, उक्त चिन्तनकाविरुद्ध संघर्ष गर्नुपर्छ ।”

माओवादी नेत्री शशि श्रेष्ठले संविधानमा व्यवस्था भएका महिला हक अधिकार कार्यान्वयन गर्न सम्पूर्ण महिला एकताबद्ध हुनुपर्ने बताइन् । “सबै प्रकारको विभेद अन्त्य गरेर समतामुलक नेपाल निर्माण गर्न क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको प्रतिनिधित्व हुनुपर्छ”, उनले भनिन्, “संविधान संशोधनका क्रममा महिलाका अधिकार खोसिन सक्छ, यसतर्फ सबैले खबरदारी गर्नुपर्छ ।”

माओवादी नेत्री एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महिलाले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको तथ्य प्रस्तुत गर्दै महिलालाई थप अधिकार दिन कञ्जुस्याइँ गर्न नहुने बताइन् । कार्यक्रममा अध्यक्ष दाहालले अल्किना बमद्वारा लिखित पुस्तक ‘जुनकिरी हराएको रात’को लोकार्पण गरेका थिए।