२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईपीएसमार्फत कोरिया जाने प्रक्रियामा गैर जिम्मेवार गतिविधि नगर्न आग्रह

अ+ अ-

काठमाडौँ । ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान चाहने नेपाली श्रमिकलाई गैर जिम्मेवार गतिविधि नगर्न आग्रह गरिएको छ।

पछिल्ला दिनमा विभिन्न रोस्टरमा रहेका केही श्रमिकहरूले छिट्टै रोजगारीमा जानुपर्ने मागसहित धर्ना, जुलुस र आन्दोलनजस्ता अवाञ्छित गतिविधि गर्दै आएकोप्रति चिन्ता व्यक्त गरिएको छ। त्यस्तै, सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आन्दोलनमा उक्साउने कार्य बढिरहेको भन्दै यसले ईपीएस प्रणालीको दिगोपनामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ।

ईपीएस कोरिया शाखाका निर्देशक राजकुमार राईले यस्ता गतिविधिले अन्ततः श्रमिक छनोट प्रक्रियामा समेत अवरोध सिर्जना गर्ने भएकाले जिम्मेवार ढङ्गले अघि बढ्न श्रमिकलाई आग्रह गरेका छन्।

कानुनी प्रावधानअनुसार मात्र छनोट प्रक्रिया
राईका अनुसार ईपीएसमार्फत रोजगार आवेदन फाराम अनलाइनमार्फत कोरियामा पठाइन्छ भने बाँकी सम्पूर्ण छनोट प्रक्रिया सम्बन्धित निकायमार्फत कानुनअनुसार हुने प्रावधान छ। त्यसैले कोरियन भाषा परीक्षामा सहभागी हुनुअघि सम्पूर्ण प्रक्रिया बुझेर मात्र सहभागी हुन अनुरोध गरिएको छ।

दक्षिण कोरियाले साना तथा मझौला उद्योगमा श्रमिक आवश्यकता पूरा गर्न सन् २००४ देखि विदेशी श्रमिक भित्र्याउन थालेको हो। नेपाल र दक्षिण कोरियाबीच सन् २००७ जुलाई २३ मा श्रम सम्झौता भएपछि ई-९ भिसाअन्तर्गत औपचारिक रूपमा नेपाली श्रमिक पठाउने कार्य सुरु भएको थियो। हालसम्म एक लाख १६ हजारभन्दा बढी नेपाली श्रमिक दक्षिण कोरिया पुगिसकेका छन्।

१७ देशका श्रमिक भित्र्याइँदै
हाल दक्षिण कोरियाले नेपालसहित १७ देशका श्रमिकलाई ईपीएस प्रणालीमार्फत भित्र्याइरहेको छ। यसअन्तर्गत कोरियन भाषा परीक्षा पास गरेका श्रमिकलाई कोरियाको मानव संसाधन विकास विभागले दुई वर्षसम्म रोजगारी सूचीमा राख्ने व्यवस्था गरेको छ।

रोजगारदाताले उमेर, लिङ्ग, तौल, उचाइ लगायतका मापदण्ड पेस गरेपछि सोअनुसार माग सङ्ख्याभन्दा तीन गुणा बढी श्रमिकलाई सिफारिस गर्ने प्रावधान छ। रोजगारीमा छनोट गर्ने अधिकार रोजगारदाताकै हुने भएकाले भाषा परीक्षा पास मात्र गर्दा रोजगारी सुनिश्चित नहुने स्पष्ट पारिएको छ।