काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३:१५ बजेका लागि तय गरिएको थियो ।
विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक यही भदौ २५ गते बुधवार दिउँसो १३:१५ बजे बस्ने तय भएको उनले बताए ।







