काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु क्षेत्र बिस्तार गरेको छ। यसअघि बानेश्वर-तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरिएकोमा पछि त्यसलाई थप क्षेत्रमा विस्तार गरिएको हो।
प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार आसपासमा पनि कर्फ्यु लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।







