काठमाडौँ। चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेन जेडले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवन प्रहरीले जनाएको छ ।
महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेको छ । प्रदर्शनकारीले महानगरपालिका कार्यालयभित्र तोडफोड गर्न खोजेपछि दुई पक्षका बीचमा झडप समेत भएको थियो ।
अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।







