काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार दिउँसो सिंहदरवारको मूल गेटमा आगजनी गरेका छन्। सुरक्षाको कडाइबीच पनि उनीहरूले गेटमा आगो लगाइदिएका हुन्।
यसअघि प्रदर्शनकारीहरूले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेताहरूको घरमा समेत आगजनी गरेका थिए।







