काठमाडौँ । जेन जेड समूहले मंगलबार सर्वोच्च अदालत परिसरमा आगजनी गरेका छन्।
आन्दोलनकारीहरूले “यदि अदालतले समयमा न्याय दिएको भए आज यस्तो हालत आउँदैनथ्यो, आज यस्तो दिन देख्नुपर्ने हुँदैनथ्यो” भन्दै सर्वोच्चमा आगो लगाएका हुन्।
उनहरूको आरोप छ कि अदालत लामो समयदेखि राजनीतिक संरक्षणमा लागेकै कारण आज यस्तो बिडम्बनापूर्ण अवस्था सिर्जना भएको हो। प्रदर्शनकारीहरूले न्यायालयको निष्क्रियता र राजनीतिक पक्षधरता नै आन्दोलन चर्किनुको मुख्य कारण भएको बताएका छन्।







