काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानभित्रैबाट अघि बढ्न आन्दोलनकारी युवासमेतको अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
भट्टराईले कुनै पनि हठ नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।
राजीनामापछिको बाटोबारे प्रस्ताव गर्दै डा. भट्टराईले भनेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि संविधानभित्रैबाट अघि बढ्न आन्दोलनकारी युवाहरू समेत रहेको अन्तरिम सरकारको गठन गर्नुपर्छ ।’
उनले थपेका छन्, ‘उनीहरूले उठाएका मागहरूको सम्बोधन, अहिलेका दु:खद् घटनाहरूको छानबिन, संविधानको अग्रगामी संशोधन (प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीसहित), निष्पक्ष निर्वाचनको बाटो अवलम्बन गरौँ ।’







