२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बन्नु डरलाग्दो’ : पदम गिरी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि पनि सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बन्नु डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय बन्ने बताएका छन्।

जेन जेडको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम हुँदा पनि सुरक्षा निकायको सतर्कता, सजगता र संयमता नदेखिएको उनको बुझाइ छ।

उनले भनेका छन्, ‘देशमा सुशासन कायम होस, विकासको मूल फुटोस् , युवाले देशमा नै रोजगारी सहितको सम्मानित र सुरक्षित जीवन जिउने उज्यालो भविष्यको खोजी गर्न सकौँ भनी नयाँ पुस्ता शान्तिपूर्ण आन्दोलनमा आउनु भएको थियो । तथापि भदौ २३ गते,एकातर्फ देश बन्नु पर्दछ भन्ने पवित्र उद्देश्य बोकेको जेन जीको शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम भयो भने अर्को तिर सुरक्षा निकायको सतर्कता, सजगता र संयमता पनि देखिएन।’

जेन जी बालकले जीवनका रंगीन सपना देख्नुपर्ने उमेरमा सडकमा प्राण गुमाउनुको पीडा केवल उसको परिवारको मात्रै नभई सिंगो राष्ट्रको साझा पीडा भएको बताए। यस परिस्थितिलाई नेपालको हित नचाहने विदेशी शक्ति, धमिलो पानीमा माछा मार्न खोज्ने तत्त्व, अपराध गरेर जेल जीवन भोगिरहेका अपराधीहरूले उम्किने अवसरको रूपमा बदल्ने कुरा प्रयास जेन जीको माग नभएको उनले बताएका छन्।

उनले भनेका छन्, ‘तर विडम्बना प्रधानमन्त्रीले राजीनामा दिए पछि पनि सिंहदरवार, संसद्, अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, विद्यालय, बैंक, व्यापारिक भवन र व्यक्तिका निजी सम्पत्ति छानिछानी जलाइयो, जुन कार्यको राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बने। यो कुरा धेरै नै डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय हो र रहिरहनेछ ।’

नयाँ हुर्कँदै गरेका जेन जेड पुस्ताका लागि लोकतन्त्रसहितको समृद्ध नेपाल चाहिएको बताएका छन्।