काठमाडौँ । हेटौँडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बाल बन्दीहरू भागेका छन् ।
७२ जना भागेकामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ । १ जना आफैँ फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।
सुधार केन्द्रका अनुसार सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए ।
२२ जना बालकहरू भने सुधार गृहमै बसेको जनाइएको छ ।







