२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुःखद् क्षणहरू गुज्रिए, तर आशा हराएको छैन’ : भाटभटेनी

अ+ अ-

काठमाडौँ । भाटभटेनी सुपर मार्केटले दुखद क्षणबाट गुज्रिए पनि अझै आशा नहराएको जनाएको छ ।

जेन जेड आन्दोलनमा आन्दोलनकारीले भाटभटेनीको विभिन्न ब्रान्चमा आगजनी, तोडफोड,लुटपाट मच्चाउँदा अर्बौँको क्षति भएको छ । 

व्यवसायी मीन बहादुर गुरुङले काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको भाटभटेनीहरू अब पुन सञ्चालन हुन्छ हुँदैन भन्ने संशय उत्पन्न भइरहेको बेला सुपर मार्केटले अझै आशा बाँकी रहेको बताएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ब्रान्चमा सामान चोरी, लुटपाट, आगजनीको भिडियो राख्दै सबैको साथले उठ्ने साहस दिइरहेको उल्लेख गरेको छ । पसलहरू ध्वस्त भए पनि सबैको साथले अझ माथि उठ्न मजबुत महसुस गरिरहेको बताएका छन् ।

अहिले जलेका भाटभटेनीमा हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेको, आँसु पुछिरहेकाले फेरि आफूहरूलाई उठ्न शक्ति दिइरहेको बताएको छ। भाटभटेनी फेरि उभिने आशा राखेको छ ।

सबैको साथले भविष्यलाई अझ उज्ज्वल बनाउने भाटभटेनीले आशा राखेको छ ।