२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

अ+ अ-

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ ।

अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिए । “६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडान कार्य अन्तिम चरणमा छ ।” उनले भने–“अर्को हप्तादेखि सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौ ।”  अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा  बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपैयाँमा सम्झौता गरेको थियो । अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उनले बताए । 

विगतको तुलनामा अस्पतालले विशेषज्ञ सहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए । “विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको संख्या बढेको छ ।” उनले भने–“यहाँको मुख्य आवश्यकता भनेको सिटी स्क्यान थियो त्यो सेवा पनि सुचारु हुने अवस्थामा छ यसले यहाँका बिरामीहरूलाई ठुलो राहत पुगाउँछ ।” उनले अस्पतालमा अहिले एउटै विभागमा दुई/तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेकाले सेवाग्राहीलाई उपचारमा सजिलो भएको बताए। “अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको सरकारले त्यही अनुसारको भौतिक पूर्वाधार र स्वाम्य उपकरण पनि थपिँदै गएका छन ।” उनले भने–“अब कुनै पनि बिरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन ।”रिफर सेन्टरका रूपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सक सहितको सेवा दिन थालेको छ ।

 अस्पतालमा मेडिसिन विभाग,हाडजोर्नी विभाग,सर्जरी विभाग,स्त्री तथा प्रसूति रोग भाग,रेडीयोलोजी,एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो । अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भए पनि अहिले एक जना मात्रै दरबन्दीमा कार्यरत छन । अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन् । “अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा यहाँबाट दैनिक ८/१० जना बिरामी अन्यत्र रिफर हुने गरेका थिए अब त्यो समस्या हट्ने भएको छ ।” यहाँका स्थानीय इन्द्र साउँदले भने–“अब घर नजिकै सहुलियत शुल्कमा यहाँका स्थानीयले सिटी स्क्यान लगायतको विशेषज्ञ सेवा पाउनेछन् ।”

२०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हेर्दै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) को रूपमा परिणत भयो । मुलुकमा संघीयतापछि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नती भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो । 

अस्पतालमा स्वीकृत स्थायी दरबन्दी अनुसार एघार तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्री रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन् । 

त्यसैगरि एक जना  मानसिक रोग विशेषज्ञ कार्यरत छन । अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट,डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म दरबन्दी अनुसारका चिकित्सकहरू उपलब्ध हुन सकेका छैनन् ।