काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट सञ्चालन हुने भएको छ ।
परिषद्को भवनबाट सञ्चालन गर्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको छ । जेन जेड प्रदर्शनका क्रममा लागेको भीषण आगलागीले स्वास्थ्य तथा जनससंख्या मन्त्रालय पूर्ण रूपमा ध्वस्त बनाएको छ ।
भवनसँगै भित्र रहेका फर्निचर, कम्प्युटर, महत्त्वपूर्ण कागजपत्रदेखि परिसरमा पार्क गरिएका सवारी साधनसम्म खरानीमा परिणत भएका छन् ।
मन्त्रालयको मुख्य भवन जलेपछि दैनिकी कामकाजमा प्रत्यक्ष अवरोध भएको छ । मन्त्रीमण्डल विस्तारको तयारी भइरहेका बेला स्वास्थ्य मन्त्रालयसँग मन्त्रीका लागि छुट्टै कार्यकक्ष समेत छैन । अहिले तत्काल काम सुरु गर्नेका लागि एनएचआरसी भवनमै मन्त्रीका लागि एउटा कोठा व्यवस्था गरिएको जनाइएको छ ।







