काठमाडौँ । निर्वाचन आयोगले २१ फागुनमा तोकेको चुनाव गराउन तयारी थालेको छ। सरकारले स्रोतसाधन सुनिश्चित गरिदिए आयोग निर्वाचन गराउन तयार रहेको आयोगले जनाएको छ ।
सामान्यतया निर्वाचन गर्न १२० दिन चाहिन्छ तर अझै ६ महिनाको बाकी रहेकाले निर्धारित समयभित्र निर्वाचन गराउन आयोग तयार रहेको आयोग स्रोतले जनाएको छ ।
निर्वाचन प्रक्रियाअन्तर्गत व्यवस्थापन र मतदाता नामावली संकलनको काम भई नै रहेको बताइएको छ।
निर्वाचन घोषणाको पत्र प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट आएपछि गृह मन्त्रालयको समन्वयमा बाँकी प्रक्रिया अगाडि बढ्ने छ ।







