काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यालयहरू क्रमशः सञ्चालन भएका छन् ।
जेन जेड आन्दोलनका कारण बन्द रहेका काठमाडौँ उपत्यकाका विद्यालयहरू सुचारु सोमबारबाट हुन थालेका हुन् ।
जेन जेड आन्दोलनले त्रस्त विद्यालयहरू केही दिनका लागि बन्द गरिएको थियो ।
जेन जेड आन्दोलनमा सिंहदरवार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएका थिए । यहीक्रममा कतिपय विद्यालयहरूमा समेत आगजनी भएको थियो ।
यही पृष्ठभूमिमा विद्यालयहरूले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए । अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरू पुनः सञ्चालन भई पठनपाठन शुरु गरेका छन् ।







