२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज महानगरपालिकामा १ अर्ब १५ करोड क्षति भएको प्रारम्भिक अनुमान

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा गत मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा अराजक समूहले गरेको तोडफोड,आगजनी र लुटपाटबाट १ अर्ब १५ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मंगलबार महानगरपालिका कार्यालयका सभाकक्षमा बसेको नगरपरिषदको बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनमा जेन जेड आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएको र प्रारम्भिक विवरणअनुसार हालसम्म करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उल्लेख छ।

महानगरका चार वटा वडा कार्यालयहरू र केही स्वास्थ्य संस्थामा पनि तोडफोड र आगजनी गरिएको र त्यसको क्षतिको विवरण अझै संकलन भइरहेको कर्णले बताएका छन् ।

महानगरपालिका कार्यालय भवन, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा गरिएको तोडफोड, आगजनी र लुटपाटबाट भएका क्षतिको पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्यांक सार्वजनिक गरिने कर्णले बैठकमा जानकारी गराएका छन् ।

बैठकले जेन जेडको आन्दोलन वास्तविक जेन जेडका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ।