काठमाडौँ । लगातारको वर्षाका कारण तिनाउ नदीमा आज बिहान बाढीको सतह खतराको तह पार गरे पनि अहिले भने घटेको छ ।
रुपन्देही, पाल्पालगायत क्षेत्रमा हिजोदेखि परेको भीषण वर्षापछि नदीको पानी बढेको हो । अहिले वर्षा रोकिएसँगै सतह क्रमशः घट्दै गएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिए ।
बिहानै नदीमा पानी बढेपछि प्रशासनले नदी किनार र डुबान जोखिम क्षेत्रका बासिन्दालाई शतर्क रहन आग्रह गरेको थियो । सुवेदीका अनुसार अहिले भने नदीको अवस्था सामान्य बनेको छ ।







