२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन प्रहरीले भन्यो : ‘आन्दोलनको दिन लगेका सामग्री फिर्ता नगर्ने व्यक्ति पहिचान गरेर कारवाही थालेका छौँ’

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले जेन जेड आन्दोलनका क्रममा लिएर गएका सामग्री तत्काल फिर्ता ल्याइदिन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले चितवन प्रहरीको सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भिडियो सन्देश दिँदै तत्कालै आफूले लगेका सामग्री फिर्ता ल्याइदिन अनुरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आन्दोलनका क्रममा केही सामग्री आवेशमा आएर, केही जोगाउने हेतुले लगेको भए पनि आफैले फिर्ता ल्याइदिन अनुरोध गरेका हुन् ।

उनले अहिले अनुरोध गर्दा नल्याएर प्रहरीको अनुसन्धानबाट मान्छे पत्ता लागेर पक्राउ गर्नुपर्दा कानून बमोजिम कारबाही हुने भन्दै आफूसँग भएका सामग्रीहरू प्रहरीलाई बुझाउन अनुरोध गरेका हुन् ।

भिडियो सन्देशमार्फत एसपी पुरीले प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरिसकेको अवस्थामा चितवनको तोडफोड तथा लुटपाटसँग सम्बन्धित कुनै भिडियो वा फोटो भए पनि प्रहरीले पठाउन अनुरोध गरेका छन् ।

उनले प्रहरीले प्राप्त भिडियोहरूको सूक्ष्म अनुसन्धान गरिरहेको र पहिचान भएका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि जानकारी गराएका छन् । चितवनमा पनि प्रहरीको पोसाक खोसेर आन्दोलनकारीले लगेका थिए । प्रहरीको पोसाक कसैसँग भए तत्काल फिर्ता गर्न पनि उनले अनुरोध गरेका छन् ।

त्यसैगरि प्रहरी जिल्लाका ७५ वटै युनिटमा सेवामा खटिएको र चितवनको शान्ति सुरक्षा सामान्य अवस्थामा फर्किएको भन्दै उनले नागरिकलाई ढुक्कले रहन पनि अनुरोध गरेका छन् । चितवनमा आफ्नो टोलको सुरक्षाको लागि नागरिक गस्ती पनि भइरहेको जानकारीमा रहेको उल्लेख गर्दै उनले नजिकको प्रहरीसँग समन्वय गर्न पनि अनुरोध गरेका छन् ।