२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्य चौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । 

तीस वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । चौकीका प्रमुख अजित विकले बर्खायाममा पानी चुहिएर समस्या भएपछि त्रिपालले छाना छोपेर बिरामीको उपचार गर्ने गरिएको बताए। 

“जीर्ण भवनमा पानी चुहिएर समस्या भएको छ । तीन वर्षयता बर्खामा त्रिपालमुनि बिरामी राखेर सेवा दिएका छौँ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौँ । त्रिपाल थोत्रो भएकाले यसपालि पनि वडा कार्यालयसँग त्रिपाल माग गरेका छौँ ।” 

बिरामी जाँच, औषधि वितरणदेखि सामान्य उपचारसम्म जीर्ण भवनमै हुने गरेको छ । छानाबाट पानी चुहिने समस्या समाधान गर्न छानामा त्रिपाल ओढाएर अस्थायी व्यवस्था मिलाइएको छ । भवनमा भएका चार वटा कोठा साँघुरा छन् । 

यस वर्षदेखि प्रसूति सेवा पनि सुरु गरेको स्वास्थ्य चौकीमा मासिक १५० देखि २०० जनाले सेवा लिने गरेका छन् । निस्कोट स्वास्थ्य चौकीको भवन विसं २०५० मा निर्माण भएको थियो । मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले जग्गाको अभावमा स्वास्थ्य चौकीको भवन निर्माण प्रक्रिया अघि बढाउन नसकेको बताए।