२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनपछि अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन घट्यो

अ+ अ-

गण्डकी । जेन जेड प्रदर्शनपछि पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घटेको छ । प्रदर्शनपछि भारतीय पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा.रविन कडरियाले बताए। 

जेन जेड प्रदर्शन हुनुअघि एकै दिनमा ७०९ जनासम्म दक्षिण एसियाली मुलुकका पर्यटकले प्रवेश अनुमति लिएकामा त्यसपछि उक्त सङ्ख्या घटेर बिहीबार ७९ मा सीमित भएको छ । 

“सार्क क्षेत्रभित्र भारतीय पर्यटकको सङ्ख्या घटेको छ, तेस्रो मुलुकका पर्यटक आगमन केही प्रभावित बनेको छ”, प्रमुख डा.कडरियाले भने, “गत वर्षको तुलनामा यस वर्ष सेप्टेम्बरमा विदेशी पर्यटक झण्डै आधाले घट्ने देखिएको छ ।” गत वर्ष सेप्टेम्बरमा २३ हजार ८८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

यस वर्ष सेप्टेम्बर १८ अर्थात् बिहीबारसम्ममा जम्मा नौ हजार नौ सय ९९ पर्यटकले प्रवेश अनुमति लिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका पाँच हजार ५४९ र अन्य देशका चार हजार ४५० पर्यटक छन् । मुख्य पर्यटकीययाम सुरु भइरहेका बेला जेन जेड प्रदर्शनले पर्यटक आगमन प्रभावित भएको प्रमुख डा.कडरियाले बताए। 

“अहिले जनजीवन सामान्य भइसकेको छ, अन्नपूर्ण क्षेत्रका कुनै पनि गन्तव्यमा कुनै क्षति पुगेको छैन”, उनले भने, “शान्त र सुरक्षित वातावरणमा अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न सकिन्छ, पदयात्राका लागि यो याम उत्तम मानिन्छ ।”

पर्यटनका हिसाबले असोज र कात्तिक महिनालाई मुख्य मानिन्छ । दसैँ, तिहार जस्ता ठूला चाडबाड यहीँ बेला पर्ने भएकाले मानिस घुमफिरको योजना बनाइरहेका हुन्छन् । नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्वमाझ दिएर पुन: पर्यटन क्षेत्रलाई लयमा फर्काउनुपर्ने ट्रेकिङ ऐजिन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । 

“अन्योलको अवस्था कायमै छ, बुकिङ गरिसकेका पर्यटक पनि आउन डराइरहेका छन्, कतिले बुकिङ रद्ध गरेका छन्”, उनले भने। विदेशी पर्यटकलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म पुर्‍याउने काममा ‘टान’लगायत पर्यटन सम्बद्ध संघ संस्थाले सहजीकरण गरिरहेको अध्यक्ष आचार्यले बताए । 

गत आवमा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए ।