२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी निर्वाह गर्न आयोग प्रतिबद्ध’-अख्तियार प्रमुख राई

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई ३५ औँ वार्षिक प्रतिवेदन पेश गर्दै राईले आयोगको काममा राज्यको नीति निर्भीकता, निष्पक्षता र तटस्थताका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको लागि आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारिताका साथ निर्वाह गर्न तथा राज्यको नीति निर्भीकता, निष्पक्षता र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध छ,’ राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउँदै राईले भने।

उनले मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा सरकारका तीनै तह, गैरसरकारी र निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आम नागरिकबाट प्राप्त समर्थन र सहयोगका लागि आयोग परिवारको तर्फबाट धन्यवाद पनि व्यक्त गरे।

प्रतिवेदन पेश गर्ने क्रममा राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक जिम्मेवारी अनुसार मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा पुर्‍याएको योगदानको कदर गरे। उनले लोकतन्त्र जबाफदेहिता सहितको शासन हो भन्दै आयोगले स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजन गर्दै नागरिकको अपेक्षा र शासन आवश्यकताअनुसार थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।