काठमाडौँ । काठमाडौँ महानगरपालिकाले देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ।
पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो।
१ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।







