२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको काली पुल बसपार्कमा यात्रु सहायता कक्ष

अ+ अ-

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीको काली पुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ । स्थल मार्गबाट म्याग्दी भित्रने नाकामा रहेको काली पुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन् ।

चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए।

चाडपर्वमा सर्वसाधारणसँगै मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटक र यातायात व्यवसायीलाई सहयोग एवम् सहजीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उनले बताए ।

सहायता कक्षमा दसैँ, तिहार र छठ पर्वको अवधिभर नियमित रूपमा सुरक्षाकर्मीको उपस्थित हुनेछन् । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सर्वसाधारण यात्रुलाई सार्वजनिक यातायातका साधनमार्फत यात्रा गर्दा आइपर्ने समस्या हटाउनका लागि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि सहायता कक्ष सञ्चालन गरिने प्रनाउ थापाले बताए ।

सहायता कक्षको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायी र सुरक्षाकर्मीहरूलाई आग्रह गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारले सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिएको बताए ।