२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ-मुग्लिङ सडकमा ठूलो पहिरो, आवागमन पूर्णरूपमा बन्द

अ+ अ-

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय, चितवनले जानकारी दिएको छ। तत्काल सडक खोल्न सकिने अवस्था नदेखिएकोले यात्री तथा सवारी साधन धनीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

कार्यालयले जारी गरेको सूचनामा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी ९पूर्व० को कावासोती र गैंडाकोट, धादिङको नौविसे तथा तनहुँतर्फ जाने यात्रुका लागि खैरेनीटार हुँदै वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ।

यात्रा अघि सडक अवस्थाबारे यकिन गर्न तथा बाटोमा समस्या आएमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित खटिएका सुरक्षाकर्मीसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। साथै, यात्रुहरुलाई “जोखिम मोलेर यात्रा नगर्न, घुमेरै भए पनि सुरक्षित बाटो रोज्न” अपिल गरिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सडक अवरुद्ध भए पनि छिटोभन्दा छिटो खोल्न प्रयास भइरहेको बताए। आवश्यक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्ण प्रसाद आचार्य (९८५५०९२२१८) मा सम्पर्क गर्न सकिने जनाइएको छ।