काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०२/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।







