काठमाडौँ । गायक माधव सुनुवार र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दुई दिनको जिन्दगीमा’ सार्वजनिक भएको छ ।
गीतमा शब्द र संगीत गायक सुनुवारकै रहेको छ भने भिडियो पनि सुनुवारको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ । दीपक काउछा मगरले एरेन्ज गरेको यो गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका छन् ।
गायक माधवले केही चर्चित गीतहरूमा मोडलिङ गरिसकेका छन भने यो उनको पहिलो गीत हो। गीतको म्युजिक भिडियोमा स्वयं माधव र रचना रिमाल फिचर्ड छन्। कृष्ण पाण्डेले छायांकन गरेको यो भिडियोमा दुवै कलाकारको अभिनय देख्न सकिन्छ।







