२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

अ+ अ-

कञ्चनपुर । दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ । दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ ।

बेदकोट नगरपालिका-९ लालपुरमा थारू समुदायका सबैजसो साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाचिन्छ । साँझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्ने गरिएको स्थानीय सीता चौधरीले बताइन् ।

“सुरुको दिन सबै देवीदेवताको नाम लिएर सखिया नाच सुरु हुन्छ”, चौधरीले भनिन्, “हाम्रो समुदायमा दसैँको बेला हरेक वर्ष सखिया नाचिन्छ । सखिया नाचमा महाभारतको इतिहास हुन्छ । यसले हाम्रो मौलिकता र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ ।” यो नाचमा परिवारका एक जना पुरुष र महिला अनिवार्य उपस्थिति हुनुपर्ने बताउँदै उनले हरेरी पूजादेखि गाउँमा सखिया नाच सुरु हुने जानकारी दिए ।

पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया नाच्ने गरे पनि यो नाच छोट्टिँदै जाँदा लोप हुने जोखिम बढेको स्थानीय बुद्धिनी डगौराले बताए। “अहिले दश दिन मात्रै सखिया नाचिन्छ, पहिलेका पुस्ताले एक महिनाअघिदेखि सखिया नाच्न सुरु गर्थे”, उनले भने, “अहिले अधिकांश मानिस व्यापार, व्यवसाय, रोजगारीमा व्यस्त हुन थालेका छन् । रोजगारी र शिक्षाका लागि बाहिर जाने गरेकाले संस्कृति पुस्तान्तरण हुन सकेको छैन ।” थारू समुदायमा दसैँमा सखिया नाचको विशेष महत्त्व हुने उनको भनाइ छ ।

सखिया नाच सुरु भएपछि मात्रै थारू बस्तीमा दसैँ आएको आभास हुन्छ । थारू भाषामा सखीको अर्थ साथी सँगी हुन्छ,  गाउँका सबै साथी सँगी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको संस्कृतिका जानकार धिरेन्द्र चौधरीले बताए । “सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइन्छ”, उनले भने, “यसले समुदायको पहिचान र मौलिकता जोगाएको छ ।” सखियाले थारू समुदायलाई एकताबद्ध गर्न सहयोग पुर्‍याएको उनले बताए ।

चौधरीका अनुसार नाच्ने युवतीले सेतो रंगको फरिया र रातो रंगको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रंगको धोती र रुचिअनुसारको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन, यो धेरै लामो हुन्छ”, उनले भने, “गीत गाउने चलन पछि छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन ।”

प्राय: पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको संस्कृतिका जानकार चौधरीले जानकारी दिए । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी हुनुपर्नेमा उनले जोड दिए । “आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ”, उनले भने, “अन्य समुदायको भन्दा हाम्रो समुदायमा दसैँ पृथक रूपमा मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारू समुदायले नवमीदेखि जमरा लगाउने गर्दछन् ।” 

थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने स्थानीय निशा चौधरीले बताइन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनै कुनै गाउँमा तिहारसम्म पनि नाच्ने प्रचलन रहेको उनको भनाइ छ ।

दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।