२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरिबोल गजुरेलले भने : ‘प्रचण्ड’पछि जसको विचार बलियो हुन्छ, त्यही नेतृत्वमा स्थापित हुन्छ’

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीमा जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुने बताएका छन् ।

माओवादी केन्द्रको बैठक महाधिवेशन गर्ने निष्कर्षसहित सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।

‘कमरेड ‘प्रचण्ड’को सहमतिसहित नेतृत्व लिन खोजिएको प्रयास असफल भएपछिको अवस्थामा के गर्नु उपयुक्त हुन्थ्यो ? भन्ने प्रश्न आकांक्षीहरूले आफैँ बुझ्नुपर्ने विषय हो’ गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनी थप्छन्, ‘अब नेतृत्व कसले लिने वा कसलाई दिने भन्ने अधिकार कसैको व्यक्तिगत हातमा छैन । त्यो त महाधिवेशनकै निर्णयले टुंगो लगाउने कुरा हो ।’

माओवादीमा ‘प्रचण्ड’पछि अब जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुने उनको विश्वास छ ।

‘त्यसैले अहिले चिन्ता नेतृत्व लिनु होइन, चिन्तन गर्नुपर्ने बेला हो’ उनी लेख्छन्, ‘जसको विचार बलियो हुन्छ, त्यसको नेतृत्व स्वतः स्थापित हुन्छ ।’

जेनेरेसन–जीले यही खोजिरहेको उल्लेख गर्दै उनी थप्छन्, ‘वैचारिक स्पष्टता सहितको इमानदार र क्षमतावान् नेतृत्व, जसले आन्दोलनलाई नयाँ दिशा दिन सकोस् ।’

पार्टीका संयोजक ‘प्रचण्ड’ले नेतृत्व निरन्तरता दिने वा अर्को भूमिकामा जाने भन्ने प्रश्न पनि यही आधारमै निर्भर हुने गजुरेलको भनाइ रहेको छ